Comments Add Comment

धुर्मुस–सुन्तलीको ‘सेन्टी भाइरस’ फागूण ९ मा रिलिज हुने

 

सिताराम कट्टेल र कुञ्जना घिमिरेको मुख्य भूमिका रहेको चलचित्र ‘सेन्टी भाइरस’को फस्टलुकसँगै प्रदर्शन मिति पनि तय गरिएको छ । केही दिन अगाडि मात्र छायांकन सकिएको यो चलचित्रलाई फागूणको ९ गते रिलिज गर्ने तयारी गरिएको छ ।

चलचित्रको फस्टलुकमा मुख्य कलाकार सिताराम कट्टेललाई देख्न सकिन्छ । रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रको कथावस्तुको बिषयमा केही पनि खुलाइएको छैन ।

तर, सिताराम र कुञ्जनाको जोडी भएकाले दर्शकमा उत्सुकता पैदा भने भएको छ । चलचित्रमा यी दुइको अलवा दयाहाङ राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, विल्सन विक्रम राई लगायतका कलाकारको मुख्य भूमिका छ ।

निमेष श्रेष्ठको सम्पादन, कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको चलचित्रमा कुमार महर्जनको एक्सन, शैलेन्द्र डी कार्कीको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment