Comments Add Comment

‘सप्तरंग २’ बारे हमाल भन्छन्–‘कार्यक्रमले हामीलाई एकसाथ जोड्ने काम गर्नेछ’

‘सप्तरंग २’को सुरुवात विर्तामोडबाट हुने भएको छ । २० गते विर्तामोडबाट सुरु भएको यो कार्यक्रम मंसिर ४ मा पोखरामा पुगेर सकिनेछ । आयोजक गृष्मा ब्रोर्डकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरेले नेपाल सरकारको भिजिट नेपाल अभियानलाई समेत यो कार्यक्रमले साथ दिने बताए ।

यसपटक यो यात्रामा नायक राजेश हमाल, गायक सुगम पोखरेल, हाँस्य कलाकार जीतु नेपाल, गायिका मेलिना राई, गायक हिमाल सागर, प्रकाश सपुत र रवि ओड हुनेछन् ।

दोस्रो सिजनमा देशका सातै प्रदेशमा सांगीतिक यात्राको माध्यमबाट पर्यटकिय स्थानको प्रवद्र्धन र सम्भावनाको खोजी गरिने कार्यक्रममा जानकारी गराइएको थियो । विर्तामोडबाट सुरु भएको कार्यक्रम २२ गते विरगंज , २४ गते चितवन , २६ गते नेपालगंज , २८ गते सुर्खेत , ३० गते महेन्द्रनगर र ४ गते पोखरामा पुगेर सकिनेछ ।

काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक राजेश हमालले भने–‘यो कार्यक्रम खास छ । अप्रत्यक्ष रुपमा दर्शकमाँझ पुगिरहेका हामी यसपटक भने दर्शकसँग प्रत्यक्ष रुपमा पुग्दैछौ, यसैले यो खुशीको कुरा हो । यो कार्यक्रमले हामीमा भएको विविधतालाई सम्मान गर्ने र हामीलाई मजबुत बनाउने काम गर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment