Comments Add Comment

इन्जिनियरसहित तीन जनाविरुद्ध भ्रष्टचारको मुद्धा

१८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुस लिएको आरोपमा काठमाडौंको टोखा नगरपालिकाका एक जना इन्जिनियरसहित ३ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ ।

टोखा नगरपालिकाका इन्जिनियर दिनेश कुमार पाठक, सोही नगरपालिकाको वडा-६ मा रहेको लायन्स इन्जिनियरिङ्ग कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रालिका ओभरसियर प्रशान्त चौधरी र काठमाण्डौंको तारकेश्वर नगरपालिका वडा नं. ६ घर भई लेखापढी व्यवसायी गर्ने जयराम तिमिल्सिनाविरुद्ध मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

इन्जिनियर पाठक, ओभरसियर चौधरी र लेखापढी व्यवसायी तिमिल्सिनासमेतको मिलेमतोमा घरको निर्माण सम्पन्न प्रमाणपत्रका लागि सेवाग्राहीसँग ५ लाख रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले उनीहरुविरुद्ध मुद्धा दायर गरिएको उनले बताए ।

चौधरीले आफ्नै कन्सल्टेन्सीमा बोलाई ५ लाख रुपैयाँ रकम लिएर घर निर्माण सम्पन्नको प्रमाणपत्र निवेदकलाई उपलब्ध गराएको पाइएको उनले बताए ।

अनुसन्धानको क्रममा पाठकले चौधरीमार्फत घुस लिन लगाएको र उक्त घुस रकम पाठकले प्राप्त गर्नु अगावै आयोगको टोलीले चौधरीबाट बरामद गरेको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment