Comments Add Comment

सम्पत्ति शुद्धीकरणको छानबिनमा पनि तानिए अफताब आलम

१८ कात्तिक, काठमाडौं । सांसद मोहम्मद अफताब आलमविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन शुरु गरेको छ ।

एक दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको अभियोगमा पक्राउ परेका आलमविरुद्ध सोमबारदेखि नै विभागले सम्पत्ति छानविन शुरु गरेको हो ।

आलमलाई छानविन गर्न प्रहरीले आइतबार पत्राचार गरेको थियो । आइतबार नभ्याएपछि सोमबार अनुसन्धान अधिकृत तोकिएको विभागका एक अधिकारीले बताए ।

‘आवश्यक अनुसन्धान आजैबाट शुरु भइसकेको छ,’ उनले भने ।

आलमलाई सोमबार मात्रै जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रौतहटमा मुद्धा दर्ता गराएको छ । कार्यालयले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इट्टाभट्टाको चिम्नीमा जिउँदै जलाई क्रुर मानवताविरुद्धको कसूर गरेको भन्दै जिल्ला अदालत रौतहटमा अभियोगपत्र दर्ता गरेको हो ।

सरकारी वकिल कार्याललयले आलमसहितका व्यक्तिले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र गैरकानुनी रुपमा विस्फोटक पदार्थ राख्ने अपराध गरेको दावीसहित यी तीनवटै कसूरमा सजाय माग दावी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment