Comments Add Comment

बनेपामा प्रहरीसँगको झडपमा ५ जना घाइते

१८ कात्तिक, काठमाडौं । बनेपामा फोहोरमैला जलाउने ठाउँको विषयमा विवाद हुँदा भएको झडपमा ५ जना घाइते भएका छन् ।

बनेपा नगरपालिका वडा नं ९ को खाली जग्गामा फोहोर मैला जलाउने मेसिन राख्न लागेको विरोधमा स्थानीयले विरोध गर्दा झडप भएको हो । वडा अध्यक्ष शेरबहादुर सुवालले नगरपालिकाले स्थानीयको मागलाई बेवास्ता गर्दै मेसिन राख्न डोजर लगाउन खोजेपछि झडप भएको बताए ।

स्थानीयको विरोध रोक्न प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेको थियो । नगरपालिकाको फोहोर व्यवस्थापनका लागि वडा नं ९ को खाली जग्गामा मेसिन राख्न लागेको छ ।

तर वडाअध्यक्षसहित स्थानीय त्यसको विरोधमा छन् । स्थानीयको विरोधका बाबजुद सोमबार नगरपालिकाले डोजर लगाएर ठाउँ सम्याउन खोजेपछि झडप भएको हो ।

प्रहरीले भने डोजरमाथि ढुंगामुढा गर्न थालेपछि रोक्ने क्रममा सामान्य बल प्रयोग भएको जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment