Comments Add Comment

७ भन्दा बढी बच्चा जन्माउने महिलालाई स्वर्ण पदक

हामीकहाँ परिवार नियोजन, जन्मान्तर तथा कम सन्तान जन्माउने कुरालाई प्रोत्साहन गर्नका लागि विभिन्न सरकारी कार्यक्रमहरू चलाइन्छ । दुई सन्तान इश्वरको वरदान भन्ने उखान नै बनाइएको छ । तर कजाखस्तानमा भने जति धेरै बच्चा जन्मायो उति नै धेरै सरकारी सुविधा र पुरस्कारसमेत पाइन्छ ।

कजाखस्तान सरकारले ७ वा त्योभन्दा धेरै बच्चा जन्माउने महिलालाई ‘हिरो मदर्स’ नामक स्वर्णपदक दिने गर्दछ ।

६ वटा बच्चा जन्माउँदा आमालाई रजत पदक दिइन्छ । र, सातौं बच्चा जन्माउनेबित्तिकै स्वर्ण पदक प्रदान गरिन्छ । यति मात्र होइन, पदक पाउने महिलालाई सरकारले आजन्म भत्तासमेत प्रदान गर्दछ ।

सातभन्दा बढी बच्चा जन्माउनेले रजत र स्वर्ण दुवै पदक पाएका हुन्छन् । देशमा जन्मदर बढाउन योगदान गर्ने महिला तथा दम्पत्तीलाई विशेष सुविधा र प्रोत्साहन दिने सरकारको नीति रहेको छ ।

सरकारी नियमानुसार ४ वटासम्म बच्चा हुनेले समेत भत्ता पाउँदछन् । तर बच्चाबच्ची २१ वर्ष नहुन्जेलसम्मका लागि मात्र ।

स्मरणरहोस् आमाहरूलाई पदक प्रदान गर्ने तथा आर्थिक सहयोग गर्ने चलक सोभियत संघकालीन बेलादेखि सुरु भएको हो ।

सन् १९४४ मा सोभियत संघले मदर हिरोइन पुरस्कारको सुरुवात गरेको थियो । त्यसबेला १० भन्दा धेरै बच्चा हुने परिवारलाई यस्तो पदक दिइन्थ्यो ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment