Comments Add Comment

नेकपामा आउन धवलशम्शेरलाई प्रचण्डको निम्तो

१९ कात्तिक, नेपालगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जका मेयर धवलशम्शेर राणालाई आफ्नो पार्टीमा आउन सार्वजनिक रुपमा निम्तो दिएका छन् ।

मंगलबार बाँकेमा आयोजित कार्यक्रममा प्रचण्ड र धवलशम्शेरको एउटै कार्यक्रममा सहभागी भएका थिए । पूर्व एमाले समूहको नेता मात्र नभई पहिलो शान्ति वार्तामा व्यवस्थापकीय सहयोग गर्ने व्यक्ति समेत धवलशम्शेर भएको भन्दै उनले अघि भने, ‘आफ्नो मुलमा आउनेबारे सोच्न आग्रह गर्छु ।’

उनले यसोभन्दा सहभागीहरुले ताली बजाए । यसले राणालाई स्वागत गर्न नेकपा कार्यकर्ता तयार रहेको भन्ने प्रष्ट भएको अध्यक्ष प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment