Comments Add Comment

विकास समितिको टोली मेलम्चीमा

१९ कात्तिक, मेलम्ची । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मंगलबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको छ । मेलम्ची पुगेर समिति सभापति कल्याणी खड्कासहित सांसदहरुको टोलीले आयोजनाको अनुगमन गरेको हो ।

सभापति खड्काले मेलम्ची आयोजना राष्ट्रिय गौरवमध्ये पनि गौरवको आयोजना भएकाले यसलाई चाँडै सक्ने गरी काम गर्न कर्मचारीलाई आग्रह गरिन् ।

‘यो आयोजना गौरवको पनि गौरवको आयोजना हो, समयमा नसकिँदा नकारात्मक सन्देश गएको छ’ उनले भनिन् ।

कर्मचारीले भने असार मशान्तसम्म सुन्दरीजलमा पानी झार्ने योजना रहेको बताए । सो क्षेत्रबाट प्रतिनिधिसभा सांसद शेरबहादुर तामाङले कर्मचारीको गलत ब्रिफिङका कारण प्रधानमन्त्रीले समेत आलोचना सहनुपरेको टिप्पणी गरे ।

सांसदहरुले टोलीले मंगलबार मेलम्चीको ८ किलोमिटर लामो सुरुङ अवलोकन गरेको छ । संसदीय टोली मंगलबार मेलम्चीमै बास बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment