Comments Add Comment

नेपाली जनताले दिएको मायाप्रति आभारी छुः गोविन्दा

बलिउड चलचित्रका सफल नायक गोविन्दा नेपाल आएका छन् । उनी पत्नी सुनितासँगै नेपाल आएका हुन् । साथमा, नेपाली चलचित्रकी सफल नायिका निरुता सिंह पनि नेपाल आएकी छिन् । विरगञ्जमा वुधबारदेखि आयोजना हुन लागेको ‘स्वर्णिम चलचित्र महोत्सव’मा सहभागी हुनका लागि गोविन्दा र निरुता नेपाल आएका हुन् । अहिले महोत्सवको तयारी तिव्र चलिरहेको छ ।

गोविन्दाले त्रिुभवन विमानस्थलमा मिडियाकर्मीसँग कुराकानी गर्दै आफू पूजा गर्न बारम्बार नेपाल आउने गरेको भन्दै चलचित्र क्षेत्रबाटै निमन्त्रणा पाएर दोश्रो पटक नेपाल आएको सुनाए । उनले भने–‘जुन खालको माया र प्रेम तपाइहरुले मलाई दिनुभएको छ, यसका लागि म निकै नै आभारी छु ।’

गोविन्दाले आफ्नो चलचित्र हेर्दै आएका दर्शकलाई पनि धेरै माया रहेको बताए । स्वर्णिम चलचित्र महोत्सवमा सहभागी हुन पाउँदा खुशी लागेको भन्दै उनले दर्शकको माग अनुसार नै प्रस्तुति दिने बताए ।

गोविन्दाले केही नेपाली चलचित्र हेरेपनि पूर्ण चलचित्र आफूले नहेरेको बताए । गोविन्दाले नेपालको गुन्द्रुकको झोल र भात खान मन लागेको सुनाए । नायक गोविन्दाले महोत्वमा नेपाली चलचित्रकर्मीसँग भेट्न पाउँदा खुशी लागेको भन्दै यसले अझै दुई चलचित्र नगरीको सम्बन्ध मजबुत बनाउने बताए ।

यस्तै, नायिका निरुता सिंहले दर्शकहरुले आफूलाई धेरै माया दिएको बताइन् । गोविन्दासँग भेट हुँदा खुशी लागेको भन्दै उनले प्रशंसा गरिन् । नेपाल चलचित्र निर्माता संघले आयोजना गर्न लागेको यो महोत्सव कात्तिक २१ गतेबाट २३ गतेसम्म विरगञ्जमा आयोजना हुँदैछ ।

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment