Comments Add Comment

पदमुक्त प्रदेश प्रमुखद्वारा धन्यवाद ज्ञापन

१९ कात्तिक, बुटवल । प्रदेश ५ को प्रमुखबाट पदमुक्त भएका उमाकान्त झाले सबैलाइ धन्यवाद ज्ञापन गरेका छन् । उनले तीनै तहका सरकारसहित आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै जिम्मेवारीबाट विदा भएका हुन् ।

मंगलबार एक विज्ञप्ती जारी गर्दै उनले भनेका छन्, ‘मेरो कार्यकालमा यस प्रदेश तथा समग्र देशकै हित अभिवृद्धि गर्ने सहकार्यमा मलाई सहयोग र समन्वय गर्नुहुने संघीय सरकार एवं प्रदेश तथा स्थानीय सरकारका पदाधिकारीहरू एवं राजनीतिक दलका नेतृत्व वर्ग, नागरिक समाज, वुद्धिजीवी, राष्ट्रसेवक कर्मचारीहरू, पत्रकार मित्रहरूलगायत सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।’

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम १७ असोजमा सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी थिइन् ।

झाले वर्तमान सरकारले पदमुक्त गरे लगत्तै संविधान विपरित हतारमा सरकारले गलत निर्णय गरेको भन्दै आपत्ती समेत जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment