Comments Add Comment

‘जीवन काँडा कि फूल’को एक दृश्यका लागि २१ टेक खाएँः सारिका

साहित्यकार झमक घिमिरेको सफल कृती ‘जीवन काँडा कि फूल’मा आधारित रहेर तयार भएको चलचित्र ‘जीवन काँडा कि फूल’ शुक्रबारदेखि रिलिज हुँदैछ । यो चलचित्रमा झमकको बहिनीको भूमिकामा नायिका सारिका घिमिरेले काम गरेकी छिन् । सारिका यो भूमिकाका लागि आफूले निकै नै मिहिनेत गरेको बताउँछिन् ।

उनी भन्छिन्–‘मैले एक दृश्यमा झमकलाई बोक्नुपर्ने थियो । यो दृश्यका लागि मैले २१ टेक खाएँ । झमकजीलाई बहिनीले बोक्ने शैलीमा बोक्नका लागि मैले खुबै मिहिनेत गर्नुपरेको थियो ।’ नेपालमा सफल कृतीमाथि चलचित्र बनेका छन् । तर, ती चलचित्रले कृतीलाई न्याय गर्न नसकेको आरोप समेत लाग्ने गरेको छ । सारिका यो बिषयमा निर्माणटिम सचेत रहेको सुनाउँछिन् । उनले भनिन्–‘हामी पुस्तक भन्दा बाहिर गएका छैनौ । पुस्तककै कुरालाई चलचित्रमा ढाल्नका लागि निर्माण टिमले लामो तयारी समेत गरेको थियो । चलचित्र हलबाट बाहिर निस्कदा दर्शकको आँखामा आँशु आउँछ, तर उहाँहरु निराश भने हुनुहुन्न ।’

सारिकाले चलचित्र हेरिसकेपछि दर्शकले आफूलाई पनि संझने बताइन् । भनिन्–‘केही ठाउँमा च्यारेटी हुँदा मलाई दर्शकले राम्रो प्रतिक्रिया दिनुभएको थियो । यसैले पनि हलबाट पनि राम्रो प्रतिक्रियाको अपेक्षा छ ।’ चलचित्रले जीवनलाई काँडा भनेर संझनु भन्दा फूल बनाउनतर्फ लाग्नुपर्ने सन्देश दिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment