Comments Add Comment

सञ्जय, अर्जुन र कृतिसहितको पानीपतको पोस्टर सार्वजनिक

सञ्जय दत्त तथा अर्जुन कपूरको मल्टि स्टाटर फिल्म ‘पानीपत’ को तीन वटा पोस्टरहरु सार्वजनिक भएका छन् । पहिला सञ्जय दत्तको पोस्टर सार्वजनिक गरिएको थियो । त्यसपछि कृति सेननको तथा अन्त्यमा अर्जुन कपूरको पोस्टर सार्वजनिक गरियो ।

सर्वप्रथम सञ्जय दत्तले ट्वीटर तथा इन्स्टाग्राममार्फत् उक्त पोस्टर सार्वजनिक गरेका थिए । पोस्टरमा सञ्जय दत्त लडाकूको लूकमा देखिएका छन्, जसमा उनी निकै प्रभावशाली देखिएका छन् । दोस्रो पोस्टरमा कृति सेननलाई पार्वती बाईको चरित्रमा प्रस्तुत गरिएको छ । तेस्रो पोस्टरमा अर्जुन कपूरलाई सदाशिव रावको चरित्रमा प्रस्तुत गरिएको छ । तीन वटै पोस्टर सार्वजनिक गर्ने क्रममा फिल्मको पोस्टर नोेभेम्बर ४ अर्थात् भोलि मंगलबार सार्वजनिक गर्न घोषणा गरिएको छ ।

यो फिल्म पानीपतको तेस्रो लडाईंमा आधारित छ, जुन १४ जनवरी १७६१ मा मराठीहरु तथा अफगानिस्तानका सुल्तान अहमद शाह अब्दालीका बीच पानीपतमा भएको थियो । अर्जुन कपूरले फिल्ममा सदाशिव रावको चरित्र निर्वाह गरेका छन् । जो पेशवा बाजीराव प्रथमका भतिजा तथा मराठा सेनाका कमान्डर इन चिफ थिए । त्यस्तै, सञ्जय दत्तले अफगान सुल्तान अहमद शाह अब्दालीको भूमिका निर्वाह गरेका छन् । कृति सेननले सदाशिव रावकी दोस्री श्रीमती पार्वती बाईको चरित्र निर्वाह गरेकी छिन् ।

पोस्टर सार्वजनिक भएपछि अभिनेता सञ्जय दत्तकी छोरी त्रिशालाले कमेन्ट गर्दै उनको प्रशंसा गरेकी छिन् । पोस्टरमा कमेन्ट गर्दै त्रिशालाले लेखेकी छिन्-‘लभ यू…तपाईं निकै शानदार देखिनु भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment