Comments Add Comment

कैलालीबाट लागूऔषधसहित २ जना पक्राउ

२० कात्तिक, कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालीका-२ स्थित त्रिनगर भन्सार गेट अगाडिबाट धनगढी उपमहानगरपालीका-५ का २५ वर्षीय संजय चौधरी र वडा नम्वर-१३ का २० वर्षीय अनिल रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रबक्ता प्रहरी निरिक्षक प्रकाश कार्कीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध बोकेर भारतबाट नेपाल तर्फ आउँदै गरेका चौधरीको साथमा ३ ग्राम ६ सय २० मिलिग्राम ब्राउन सुगर र spm+wockhardi  लेखेको निलो रंगको चार वटा ट्याबलेट र रानाको साथबाट १ ग्राम १ सय ४० मिलिग्राम ब्राउन सुगर बरामद भएको कार्कीले बताए । उनले पक्राउ परेका दुवैजनालाई लागूऔषध सम्बन्धी मुद्दा चलाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment