Comments Add Comment

‘घामड शेरे’ टिमले किन माग्यो माफी ?

‘घामड शेरे’ ले  प्रदर्शन अघि लफडै-लफडा झेलिरहेको छ । कहिले प्रदर्शन मिति सारेको त कहिले पूर्व प्रधानमन्त्री शेरवहादुर देउवासँग जोडिएर बाहिरिएको हल्लाले चलचित्रलाई लफडामा पारेको हो ।

यसै मेसोमा कार्तिक २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘घामट शेरे’को विषयमा उत्पन्ने विवादबारे निर्माण पक्षले प्रेस विज्ञप्ति जारी गरेको छ । बुधबार पत्रकार भेटघाट कार्यक्रम गर्दै निर्माण कम्पनी ‘विसी मोसन पिक्चर्स’ले विज्ञप्ति जारी गरेको हो । चलचित्रको ‘शेरे’ पात्रको साइनो शेरबहादुर देउवासँग कतैपनि नजोडिएको निर्माणपक्षको स्पष्टोक्ती छ  ।

चलचित्र रिलिजको समयमा चलचित्रको पात्र शेरेलाई नेपाली काग्रेसका सभापति शेरबहादुर देउवासँग जोडेर विभिन्न ट्रोलहरु बने । सामाजिक संजालमा ट्रोलहरु भाइरल भए । पार्टी सभापतिको अपमान गरेको भन्दै काग्रेस भात्री संगठनले निर्माण युनिटसँग विवाद मच्चाएको थियो ।

त्यसै विषयमा निर्देशक हेमराज विसीले प्रेस विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्तिमा राजनीतिक व्यक्तित्वको गरिमामा आँच आउने गरी भएको सामाजिक संजाल दुरुपयोगमा निर्माण पक्षको गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा लेखिएको छ, ‘हाम्रो चलचित्रको नामलाई राजनीतिक क्षेत्रका अग्रज व्यक्तित्वको नामसँग जोडेर सामाजिक संजलमा गरिएका ट्रोलहरुमा हाम्रो कुनै संलग्नता र समर्थन छैन ।’

चलचित्रमा भएको शेरे पात्र कुनै पनि रुपमा राजनीतिक प्रकृतिको नभएको विज्ञप्तिमा उल्लेख गरिएको छ । सामाजिक संजालमा आएका ट्रोलहरुबाट सम्बन्धिजत पक्षमा पर्न गएको असर र असुबिधा प्रति निर्माण पक्षले क्षमा माग्दै आगमी दिनमा त्यस्ता कामहरु नगर्न र गर्न नदिन निर्माण पक्षले सल्लाह दिएको छ ।

चलचित्रमा निश्चल बस्नेतले शेरेको भूमिका निर्वाह गरेका छन् । निश्चलसँगै स्वस्तिमा खड्का, सुष्मा निरौला, वादल भट्ट, लोकेन्ऽ लेखक लगयतको मुख्य भूमिका रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment