Comments Add Comment

सेन्ट्रल जोन खेल्ने नेपाली महिला भलिबल टिमको बिदाइ

२० कात्तिक, काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्ने नेपाली महिला टिमलाई बिदाइ गरिएको छ ।

नेपाल भलिबल संघले आज पत्रकार सम्मेलन गरी सेन्ट्रल जोन खेल्ने महिला भलिबल टिमलाई विदाइ गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवाल, संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा लगायत पदाधिकारीले नेपाली टिमको बिदाइ गरे ।

राम्रो अभ्यास भएको कारण नतिजा पनि राम्रै ल्याउने बताउँदै खेलाडीलाई संघका अध्यक्ष शर्माले शुभकामना दिए । नोभेम्बर सातदेखि १५ तारिखसम्म बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगितामा नेपालको कप्तानी अरुणा शाहीले गर्ने भएकी छिन् ।

प्रतियोगितामा आयोजक बंगलादेशसँगै नेपाल, अफगानिस्तान, माल्दिभ्स र तुर्किमिनिस्तान रहेका छन् ।

कप्तान अरुणासँगै प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सफिया पुन, उषा कुमारी विष्ट, कमला पुन र सलिना श्रेष्ठ रहेका छन् ।

निरुता ठगुन्ना, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सफिया पुन र सलिना श्रेष्ठ पहिलो पटक टिममा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment