Comments Add Comment

सिटी नेटको सहयोगमा विद्यालयमा अनलाइन पठनपाठन

२० कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाले सिटी नेटमाफर्त ललितपुरभित्र पर्ने सामुदायिक विद्यालयहरुमा अनलाइन पठनपाठनको व्यवस्था मिलाएको जनाएको छ ।

ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको सिटी नेटको ३८ औं सम्मेलनबारे  जानकारी दिँदै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु मर्हजनले विद्यालयहरुलाई प्रविधिमैत्री बनाउन अनलाइन मार्फत पठनपाठनको व्यवस्था मिलाएको बताए ।

सिटी नेटको सहयोगले प्राकृतिक प्रकोपहरुबाट हुने क्षतिबाट बच्न मद्धत पुग्ने भन्दै उनले ठूलो विपत्तीको बेला अरु कसैसगँ हात फैलाउन नपर्ने बताए ।

उनले ललितपुर भित्रको २९ वटै वडामा विपत कोषको व्यवस्थापन गरेकाले यसबाट प्रत्यक्ष फाइदा भइरहेको बताए ।

महानगर प्रमुख मर्हजनले  सिटी नेटको सम्मेलनले भ्रमण बर्षको संघारमा  संस्कृति  संरक्षणमा टेवा पुग्ने र भ्रमण वर्ष २०२० मा पर्यटक भित्र्याउन समेत सहयोग पुग्ने बताए ।

नेपालमा जति अन्य देशमा सांस्कृतिक सम्पदाहरु नरहेको जिकिर गदै उनले यस्ता सम्पदाहरुलाई बचाउन खासै चासो नदिएको भन्दै चिन्ता समेत व्यक्त गरे ।

विदेशमा सम्पदाहरु संरक्षणका लागि उच्च प्राथमिकतामा राख्ने गरेको भएपनि नेपालमा सम्पदा बचाउन खासै चासो नदेखाएको उनले बताए ।

नेपालको हरेक ठाउँमा महत्वपूर्ण सम्पदा क्षेत्र रहेपनि यसलाई बचाउनका लागि उचित पहल हुन नसकेको भन्दै उनले यसको संरक्षणमा सबै जना एक जुट भएर लाग्नु पर्ने बताए ।

सिटी नेटसगँ १४ नगरपालिकाको सहकार्य

सिटी नेटले विभिन्न सञ्जालमार्फत एक अर्को देशको सांस्कृति महत्व बोकेका सम्पदाहरुलाई जोड्ने गरेको छ ।

सिटी नेटले ललितपुर महानगरबासीको जीवनस्तर उकास्न,  आयआर्जन गर्नका लागि हातेमालो गरिरहेको छ ।

सिटी नेटमार्फत काठमाडौं उपत्यकाभित्र कसरी सवारी न्यूनीकरण गर्न सकिन्छ, विकसित शहरबाट धेरै कुरा सिक्न र एक आपसमा सहकार्य गर्न मर्मत पुग्ने सिटी नेटका संस्थापकले बताएका छन् ।

नेपालको सांस्कृतिक सम्पदाहरुलाई अझ नजिकबाट प्रविधिमार्फत जोड्नुको साथै सिटी नेटले विभन्न शहरहरुलाई जलवायु परिवर्तन,  प्राकृतिक विपत्तिहरुसँग सामाना गर्न, विकासका पूर्वाधारहरु पुयाउन एउटा शहरले अर्को शहरलाई जोड्न सहयोग गरेको छ ।

ललितपुर महानगरपालिकाले सिटी नेटसगँ विगत २९ वर्षदेखि सहकार्य गरिरहेको छ ।

नेपालमा पहिलो पटक भइरहेको ३८ औं सिटी नेट सम्मेलनमा सहभागी  हुन  विभिन्न देशका नगरप्रमुहहरुलाई सांस्कृतिक महत्व बोकेका सम्पदाहरुमा पाटन ढोकादेखि पाटन दरबारसम्म २ घण्टा पैदल घुमाउने  कार्यक्रम रहेको छ । त्यस्तै सांस्कृतिक बाजागाजासहित बुङमति घुमाउने योजना रहेको छ ।

सिटी नेटसगँ नेपालको  १४ वटा नगरपालिका जोडिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment