Comments Add Comment

रुपन्देहीमा महिला उद्यमी सम्मेलन हुँदै

२० कात्तिक, बुटवल । नेपाल युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा रुपन्देहीमा पहिलो पटक महिला उद्यमी सम्मेलन हुने भएको छ ।

यही कात्तिक २३ गते शनिबार महिला उद्यमी सम्मेलन आयोजना हुनेछ । सम्मेलनमा १३ जना उद्यमीहरुले आफ्नो कार्यपत्रसहित अनुभव शेयर गर्ने नेपाल युवा उद्यमी मञ्च रुपन्देहीका अध्यक्ष सन्दीप कसौधनले बताए ।

सम्मेलनमा इन्टरटेच ग्रुप अफ इडष्ट्रिजका निर्देशक श्रृष्टि गुरुङ्ग, नेपाल अचार उद्योगकी को फाउन्डर संगीता पाण्डे, सिलभरलिनिङ्ग इभेट्सकीको फाउन्डर निसी टिब्रवाला खेतान, लाइम एण्ड लेमन ग्रुपका सागर पौडेल, सोही ग्रुपकै जया बराल, युजी केककाकीे फाउन्डर निकिता आचार्य, भूमि रेष्टुरेन्टलगायत भाखा हर्वलका फाउन्डर उपस्ना श्रेष्ठ, समाज सेवी नेहा अग्रवाल, विजनेश प्रमोटर एडभाईजर दिप्ती खकुरेल, लक्ष्मी बैंकका स्टाटेजी एण्ड माकेटिङ्ग हेड भारती पाण्डे, विलेज मिडियाकी म्यानेजिङ्ग डाइरेक्टर जुना माथेमा, आईकन लनिङ्ग सेन्टरका विशाल श्रेष्ठ, चार्टड एकान्टेन्स हरि लम्साललगायतले कार्यपत्र प्रस्तुत गर्नुको साथै छलफलमा भाग लिने छन् ।

विहान ८ बजेबाट सुरु हुने सम्मेलन साँझ ५ बजेसम्म चल्ने आयोजकले जनाएका छन् । सम्मेलनमा सफल युवा उद्यमीहरुको सफलताको कथासहित नेपाल सरकारले युवा उद्यमीहरुको लागि ल्याएका विभिन्न योजना, उद्यमीले सुरु गर्न चाहेको विजनेश प्लानलगायतका बिबिध विधामा छलफल तथा प्रस्तुतीकरण हुने छन् ।

करिब २ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको सम्मेलनमा १ हजार रुपैयाँको टिकट व्यवस्था गरिएको कार्यक्रम संयोजक ऋचा श्रेष्ठले जानकारी दिइन् ।

एक दिने सम्मेलनमा ३ वटा सत्रमा विभागजन गरिएको छ । पहिलो सत्रमा उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन बुटवल उपमानरपालिका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।

दोस्रो सेसन सफलताको कथा, तेस्रो सर्तमा प्यानल छलफल कार्यक्रम तय गरिएको छ । जसमा उठेका प्रश्न, जिज्ञासाहरुको समाधान गर्नको लागि पुनः वर्कसप गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment