Comments Add Comment

दुनियाका केही अनौठा अदालती फैसलाहरु

कानूनले निषेध गरेका कुनै काम गर्दा मान्छेले कानून बमोजिमको सजायँ पाउनु स्वभाविकै हो । तर, अदालतमा न्यायाधीशले फैसला गर्दा कहिलेकाहीँ आफ्नो तजबिजी अधिकार प्रयोग गरी अनौठा खालका सजाय समेत सुनाउँदा रहेछन् ।

अमेरिकाको शिकागोमा बस्ने दुईजना युवकले सन् २००३ मा क्रिसमसको साँझ चर्चबाट यशुको मूर्ति चोरी गरे । साथै उनीहरुले चर्चमा तोडफोन पनि गरेका थिए ।

आफ्नो उक्त अपराधको निकै चोटिलो मूल्य चुकाउनुपर्यो उनीहरुले । ती दुई युवकलाई अदालतले ४५ दिनको जेल सजाय सुनायो । त्यतिमात्र होइन, उनीहरु दुबैजना आफ्नो गृहनगरमा एउटा गधासँग मार्चपास गर्नुपर्ने आदेश पनि न्यायाधीशले गरे ।

सन् २००१ मा अमेरिकाकै ओक्लाहोमामा अर्को अनौठो घटना भयो । सन् वर्षका टाइलर एलरेड नामका किशोरले रक्सी पिएर गाडी चलाइरहेका थिए । उनले चलाएको गाडी दुर्घटना भयो र सँगै रहेका उनका एकजना साथीको मृत्यु भयो । त्यसबेला एलरेड हाइस्कुलमा पढ्दथे । रक्सी पिएर गाडी गाडी चलाएर दुर्घटना गराएको र एकजनाको ज्यान पनि लिएको उक्त घटनामा उनीमाथि अदालतले अनौठो फैसला गर्नुपर्‍यो  । अदालतको फैसला अनुसार उनले अनिवार्य रुपमा स्नातकसम्म पढ्नैपर्ने तथा वर्षभरका लागि लागूऔषध, रक्सी तथा निकोटिनजन्य अम्मलहरु लिन नपाउने निर्णय भयो । त्यतिमात्र होइन अदालतले उनलाई १० वर्षसम्म् चर्च जानमा रोक समेत लगायो ।

त्यस्तै सन् २००८ मा बेलायतमा अर्को अनौठो फैसला भयो । कारमा चर्को आवाजमा गीत सुनेको अभियोगमा एकजना युवामाथि झण्डै अढार हजार रुपैयाँ बराबरको रकम जरिवाना भयो । तर, अदालतमा फैसला सुनाइरहँदा पनि उनले मोबाइलमा आफ्नो मनपर्ने गीत सुनिरहेका थिए ।

गीतप्रतिको उनको लगावलाई दृष्टगत गरी न्यायाधीशले उनको जरिवाना रकम चार गुणाले घटनाउने मात्र होइन त्यसको साटो २० घण्टासम्म शास्त्रीय संगीत सुन्नुपर्ने आदेश गरे ।

त्यस्तै केही वर्षअघि स्पेनमा एउटा झनै रोचक घटना भयो । स्पेनको एन्डालुसियामा बस्ने एकजना २५ वर्षका युवकले आफ्ना माता पिताविरुद्ध आफूलाई पकेट खर्चको रकम नदिएको भन्दै अदालतमा मुद्दा हाले ।

अदालतले उल्टै उनको विपक्षमा फैसला गर्दै उनले ३० दिनभित्र आमाबुवाको घर छाड्नुपर्ने र आफ्नो खुट्टामा उभिनुपर्ने भनी फैसला गर्‍यो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment