Comments Add Comment

फेसबुकले फेर्‍यो लोगो, कारण के छ ?

फेसबुकले आफ्नो ब्राण्डलोगो परिवर्तन गरेको छ । एक खास उद्धेश्यका साथ फेसबुकले नयाँ लोगो डिजाइन गरेको बताइउको छ ।

फेसबुकको नयाँ लोगोमा सबै अक्षरहरु ठूलो अक्षर अर्थात् Capital letter मा छन् ।

यो नयाँ लोगो फेसबुक एप तथा फेसबुक वेबमा तत्काल देखिने भने होइन । वास्तवमा आफु ह्वाट्सएप, इन्स्टाग्राम लगायतको मातृ कम्पनी भएको देखाउन फेसबुकले यसो गरेको बताइएको छ ।

फेसबुकको नयाँ लोगो Gif मा जारी गरिएको छ, अर्थात् यो चलायमान छ । यसमा फराकिलो हिसाबले FACEBOOK लेखिएको छ र सबै capital letters छन् ।

लोगोको Gif मा रहेका फरक-फरक रङले फेसबुक कम्पनीका विभिन्न खाले प्रडक्टहरुको बारेमा बताउने गरेको दाबी गरिएको छ । जसमा निलो रङ फेसबुकका लागि, हरियो ह्वाट्सएपका लागि था गुलाबी रङ इन्स्टाग्रामका लागि छुट्टाइएको छ । यो नयाँ लोगो आमाी केही हप्तामै प्रयोगकर्ताले प्रयोग गर्ने पाउने बताइएको छ । कम्पनीले यसलाई मार्केटिङ तथा प्रडक्टको विज्ञापनका लागि प्रयोग गर्नेछ।

स्मरण रहोस्, फेसबुकले केही पहिले देखिनै ह्वाट्सएप तथा इन्स्टालगायतमा by facebook फिचर थपेको थियो । उक्त लोगोलाई त्यहीँ ठाउँमा प्रयोग गरिनेछ ।

फेसबुकका अनुसार from facebook प्रयोग गर्नुको उद्धेश्य मानिसहरुलाई फेसबुक र यसका अन्य एपहरु एउटा संयुक्त संरचनामा आधारित छन् र एउटै टिममा निर्भर छन् भन्ने देखाउनु हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment