Comments Add Comment

नवनियुक्त प्रदेश प्रमुख प्यासीद्वारा पदभार ग्रहण

२० कात्तिक, विराटनगर । नवनियुक्त प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले विराटनगरस्थित प्रदेश कार्यालयमा बुधबार साँझ आफ्नो पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख अधिकारीलाई प्रदेश सरकारका मन्त्री हिक्मत कार्की, जीवन घिमिरे, जगदीश कुशियात, इन्द्र आङम्बो लगायतप्रदेश सरकार र संघीय सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।

मुख्यमन्त्री शेरधन राई भने झापको एक कार्यक्रममा सहभागी हुन गएकाले प्रदेश प्रमुख अधिकारीको स्वागतमा अनुपस्थित रहे । उनलाई कार्यालय परिसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण समेत गरेको थियो ।

काठमाडौंबाट बुद्ध एयरको उडानबाट १ ४० मा विराटनगर आई पुग्ने भनिएका प्रदेश प्रमुख अधिकारी उडानमा भएको डिलेका कारण ५ बजे मात्र विराटनगर उत्रिएका थिए । त्यस लगतै प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्न पुग्दा साँझको ६ बजेको थियो । कार्यकक्षमा प्रबेश गरेर जिम्मेवारी वहन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको विकासका लागि दलहरु र सबैको सुझाबबाट अघि बढ्ने बताए।

उनले पहिला यस प्रदेशको आर्थिक, शैक्षिक, सामाजिक बिषय बस्तुको पहिचान गरी त्यसै अनुसार बनेका कार्यक्रलाई लागू गरी संविधान र संघीयताको पूर्ण कार्यान्वयका लागि आफूले निर्णयक भुमिका खेल्ने बताए ।

मंगलबार राष्ट्रपतिबाट सपथ लिएका प्रदेश प्रमुख अधिकारी बुधबार विराटनगरस्थित कार्यालयको कार्यकक्षमा उपस्थित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment