Comments Add Comment

इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं । बंगलादेशमा हुने इमर्जिङ टिम्स कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्लको कप्तानीमा घोषणा गरेको टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तान छन् भने  शरद भेषावकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् ।

यस्तै पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनाश बोहोरा र कुशल भुर्तेल पनि टोलीमा परेका छन् ।

पूर्व कप्तान पारस खड्का र स्पीनर सन्दीप लामिछाने भने टी-१० लिग खेल्न दुबई जाने भएकाले यो टुरमा टोलीमा परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment