Comments Add Comment

रियलको फराकिलो जितमा रोड्रिगोको ह्याट्रिक

Photo Credit : च्याम्पियन्स लिग

२१ कात्तिक, काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिग फुटबलमा टर्किस क्बल गलातासारेलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

बुधबार राति भएको खेलमा रियलले आफ्नै घरेलु मैदानमा गलातासारेलाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । रियलको जितमा रोड्रिगोले ह्याट्रिक गोल गरे । त्यस्तै, करिम बेन्जिमाले दुई गोल गर्दा सर्जियो रामोसले एक गोल थपे ।

खेलको चौथो र सातौं मिनेटमा नै रोड्रिगोले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाए । खेलको १४औं मिनेटमा कप्तान रामोसले पेनाल्टीबाट गोल गर्दै ३–० गोलको अग्रता दिलाए । खेलको ४५ मिनेटमा बेन्जिमाले गोल गरेसँगै रियल पहिलो हाफसम्ममा ४–० गोलले अघि रहेको थियो ।

पहिलो हाफमा ४–० गोलको अग्रता बनाएको रियलले दोस्रो हाफमा थप दई गोल गर्न सफल भयो । रियलका लागि खेलको ८१औं मिनेटमा बेन्जिमाले गोल गर्दै ५–० गोलको जित दिलाए । खेलको अतिरिक्त समयमा रोड्रिगोले. गोल गर्दै ह्याट्रिक पूरा गरेसँगै रियललाई पनि ६–० गोलको जित दिलाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment