Comments Add Comment

इकार्डीको गोलमा पीएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

Photo Credit : च्याम्पियन्स लिग

२१ कात्तिक, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ ।

बुधबार राति समूह ‘ए’ को खेलमा पीएसजीले क्लब ब्रुग्सलाई १–० गोलअन्तरले पराजित गर्दै पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको हो । पीएसजीलाई प्रिक्वाटरफाइनलमा प्रवेश गराउनका लागि माउरो इकार्डीले गोल गरे ।

खेलको २१औं मिनेटमा इकार्डीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता बनाएको पीएसजीले दोस्रो हाफमा रक्षात्मक खेल खेल्दै जित हात पारेको हो ।

यो जितसँगै पीएसजीले चार खेलबाट १२ अंक बनाउँदै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित बनाएको हो । दोस्रो स्थानमा रहेको रियल मड्रिडको सात अंक छ ।

त्यस्तै, समूह ‘सी’ मा भएको खेलमा म्यानचेस्टर सिटीले एटलान्टासँग १–१ गोलको बराबरी खेलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment