Comments Add Comment

नयाँ विद्यालय सञ्चालनमा काठमाडौं महानगरपालिकाको राेक

२१ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको छ । महानगरभित्र भएका विद्यालयहरूलाई नै व्यवस्थित बनाएर गुणस्तरीय शिक्षा दिने भन्दै महानगरले नयाँ विद्यालय सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

देश संघीयतामा गएसँगै विद्यालयहरूको नियम गर्ने अधिकार स्थानीय सरकारलाई गएको छ । त्यही अधिकार प्रयोग गर्दै हाल स्थानीय तहलले विद्यालयको नियमन गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाले संविधानले दिएको यही अधिकार प्रयोग गर्दै आफ्नो क्षेत्रभित्र नयाँ विद्यालय सञ्चालन अनुमति नदिने निर्णय गरेको हो ।

महानगर शिक्षा शाखाका प्रमुख मोती भट्टराईले अब महानगरभित्र नयाँ विद्यालय सञ्चालन गर्न नपाउने तर भएकाले अपग्रेड भने गर्न पाउने जानकारी दिए । ‘अहिले २ कक्षासम्म भएकाले ३ सम्म बढाउँछु भन्न पाए, तर पूरै नयाँ विद्यालयचाहिँ सञ्चालन गर्न पाउँदैनन्,’ उनले भने ।

संख्या बढेर गुणस्तरीय शिक्षा नहुने भन्दै महानगरले भएका विद्यालयलाई व्यवस्थित गर्ने योजना लिएको छ । अहिले काठमाडौंमा ९१ वटा सामुदायिक र ६ सय ६३ वटा संस्थागत विद्यालय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment