Comments Add Comment

दर्शकले रुचाउलान् त झमकको ‘जीवन काँडा कि फूल’ ?

बाहिरी देशमा हेर्ने हो भने बायोपिक चलचित्रहरु निकै सफल छन् । बायोपिक चलचित्रले समिक्षात्मकरुपमा प्रशंसा नै पाइरहेका हुन्छन् । व्यापार पनि राम्रो हुन्छ । तर, नेपाली चलचित्र क्षेत्रमा निर्माण भएका बायोपिक चलचित्रहरु खासै सफल भएका छैनन् । प्रशंसा गर्न योग्य बायोपिक कोही निर्देशकले पनि बनाउन सकेका छैनन् ।

यस्तैमा यसै साताको शुक्रबार अर्थात् कार्तिक २२ गतेबाट सहित्यकार झमक घिमिरेको बायोपिक चलचित्र ‘जीवन काँडा कि फूल’ रिलिज हुदैँछ । यस चलचित्रले साहित्यकार झमक घिमिरेको बाल्यकालदेखि हालसम्मको अरोह-अवरोहलाई प्रस्तुत गरेको छ ।

मदन पुरस्कार विजेता साहित्यकार घिमिरे शरीरिक रुपमा अशक्त छिन् । उनी जन्मजात नै अपाङ्ग छिन् । उनको हात चल्दैन । उनले खुट्टाबाट नै लेख्ने गर्छिन् । आˆनो हरेक काम उनी खुट्टाले नै गर्छिन् । चलचित्रमा पनि त्यहीँ कुरालाई प्रस्तुत गरिएको छ ।

चलचित्रको ट्रेलरमा अपाङ्ग भएका कारण परिवारले गरेको घृणा, पढ्न रुचि गर्दा पाएको अपहेलना, आफ्नै मेहनतबाट ‘क’ लेख्न सक्दाको खुसीलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा झमकको बाल्यकालको भूमिकामा आस्था थापा र ठुलो भएको भूमिकामा रोजिता उदाचार्य फिचर छिन् । ट्रेलर हेर्दा दुबैको काम प्रशंसनिय छ । ट्रेलर हेर्दा झमकको जिवनीलाई दुई कलाकारले न्याय गरेको देखिन्छ ।

झमक घिमिरेको कथा रहेको चलचित्रको पटकथा मुक्ति उपध्यायले तयार गरेका छन् । शिव ढकालले खिचेको चलचित्रलाई तारा थापा किम्भेले सम्पादन गरेका छन् । चलचित्रलाई विनोद विष्टले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment