Comments Add Comment

कास्की २ मा कांग्रेसका खेमराजले दर्ता गरे उम्मेदवारी

२१ कात्तिक, पोखरा । प्रतिनिधिसभा सदस्यका लागि कास्की २ मा हुने उपचुनावका लागि नेपाली कांग्रेसका खेमराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । धनराज गुरुङ, देजराज चासिले लगायतका नेतालाई पछि पार्दै ७५ वर्षीय पौडेलले टिकट पाएका हुन् ।

झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनले यसअघि कहिल्यै सांसदको टिकट पाएका थिएनन् ।

यो पनि पढ्नुहोस कास्की २ मा नेकपाकी विद्या भट्टराईको उम्मेदवारी दर्ता

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment