Comments Add Comment

उम्मेदवारी दर्ता गर्दै के भने साझा र विवेकशीलका उम्मेदवारले ?

२१ कात्तिक, पोखरा । कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिँदै विवेकशील नेपाली दल र साझा पार्टीका उम्मेदवारले आफूले जित्ने दावी गरेका छन् ।

सरकारको कामले अहिले मुलुक आक्रान्त भइरहेको साझा पार्टी कास्कीकी उम्मेदवार रजनी केसीले बताएकी छन् । सरकारको कामप्रति जनताको वितृष्णाकै कारण आफूले चुनाव जित्ने रजनीको दाबी छ ।

‘एउटा पानी शुद्ध पिउन पाइएन । शुद्ध हावा निल्न सकिएन । बाटोमा कहाँनेर दुर्घटना हुने हो । पानी पर्दा कहाँ ढलमा डुबेर मरिने हो थाहा छैन,’ केसीले भनिन्, ‘जहाँ नेपाल छ । त्यहाँ पोखरा भन्ने आउँछ । तर, पोखराको दुर्दशा हेर्नुहोस् ?’

प्रकृतिलेबाहेक ३० वर्षसम्म कसैले केही नदिएका कारण जनताहरु निराश भइरहेको केसीले बताइन् । निहुरो बेचेर खाने दिदी, एउटा सामान्य कपडा पसले दाइ करले ढाड सेकिएर गुनासो गरिरहेको रजनीको भनाइ थियो ।

‘यो सब देखेर मलाई यति धेरै पीडा भएको छ । कम्तिमा मैले यी कुराको आवाज उठाउँछु । यो देशलाई समृद्ध बनाउन आवाज राख्छु,’ रजनीले भनिन् ।

अब देश बनाउन हामीले हो : विवेकशील उम्मेदवार जमुना

कास्की क्षेत्र नम्बर २ मा नेतृत्व गर्न विवेकशील नेपाली दल सक्षम रहेको उम्मेदवार जमुना शर्माले बताएकी छन् । नयाँ परिवर्तन र जनताको आवाजलाई उठानकै लागि आफू उम्मेदवार भएको शर्मालेले बताइन् ।

विवेकशीलको तर्फबाट उम्मेदवारी दर्ता गराएपछि जमुनाले भनिन्, ‘अब देश बनाउने हामी युवाहरुले नै हो । त्यसैले म राजनीतिमा आएँ ।’ गरेर देखाउन सक्छौं भन्ने विश्वाससहित चुनावी मैदानमा उत्रिएको जमुनाको भनाइ थियो ।

‘भोलि प्रमाणित गरेर देखाउन आज जनताले भोट दिनेछन्,’ जमुनाले भनिन्, ‘कत्तिन्जेल जनताहरु निराश भएर बस्ने रु’ जमुना एक मनोसामाजिक परामर्श दाता हुन् । चिरञ्जीवी बराल प्रस्तावक र सन्देश केसी समर्थक राखेर मनोनयन दर्ता गराएकी जमुना यसपटक सरकार र प्रतिपक्षबाट आशा मरेकाले आफूले चुनाव जित्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment