Comments Add Comment

गुल्मीदरबार गाउँपालिकामा शुक्रबार सार्वजनिक बिदा

२१ कात्तिक, गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने भएको छ ।

कात्तिक २२ गते शुक्रबार परेको हरिबोधनी एकादशीको अवरसमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अशोक थापाले बताए ।

एकादशीका दिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय भएको गाउँपालिकाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । गुल्मीदरबार गाउँपालिका पनि रेसुङ्गा क्षेत्रसँगै जोडिएको गाउँपालिका हो । रेसुङ्गा नगरपालिकाले पनि एकादशीका दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment