Comments Add Comment

नेपाल १५३ रनमा अलआउट, सन्दीपको सर्वाधिक ३९ रन

२१ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) विरुद्ध तीन दिवसीय खेलको पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपाल १५३ रनमा अलआउट भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाएको हो । नेपालका सुरुवाती कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

सन्दीप लामिछानेले सर्वाधिक ३९, विनोद भण्डारीले ३५ र सोमपाल कामीले २६ रन बनाए ।

१८ रन जोड्दा नै महत्वपूर्ण तीन विकेट गुमाएको नेपालले सुरुमै दबाबमा खेलेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शून्य रनमा आउट हुँदा शरद भेषावकर चार र राजु रिजाल आठ रनमा आउट भएपछि नेपालको पारी धरापमा परेको थियो ।

योसँगै नेपाल पहिलो पारीमै २११ रनले पछि परेको छ ।

यसअघि एमसीसीले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो । पहिलो दिन एसीसीले ३११ रन बनाउँदा ६ विकेट गुमाएको थियो । दोस्रो दिन एसीसीले थप ५३ रन बनाउँदा चार विकेट गुमाएको हो ।

एमसीसीका लागि विल रोडसले ७३, यसिर अरापत ६४, विल भान्डर्सपरले ५३, माइल्स हाम्मोनले ५२ र टोम वेष्टलीले ३९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३–३ विकेट लिए । सोमपाल कामी र शरद भेषावकरले पनि समान २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment