Comments Add Comment

विरगञ्जमा देखिएको विराजको क्रेज

प्रदेश नम्बर २ अन्र्तगतको विरगञ्जमा बिहिबारदेखि सुरु भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन आइपुगेका नायक विराज भट्टको क्रेज गज्जबको छ ।

नायक भट्टले भोजपुरी चलचित्र खेलेपछि उनको क्रेज यहाँ बढेको हो । नायक भट्टले फ्यानले देखाएको मायापछि भने–‘म र निखिलजी सुरुवातमा अग्नीज्वाला चलचित्रको छायांकनमा आउँदा यहाँ हामीलाई कसैले पनि चिनेनन् । अहिले मैले भोजपुरी चलचित्र खेलेपछि यहाँ दर्शकको माया बढेको छ ।’

काठमाण्डौबाट आएका अन्य नेपाली चलचित्रका कलाकारको तुलनामा विराजसँग यहाँका दर्शक नजिक भएको पाइयो ।

नेपाली चलचित्रको बजार खासै नभएको विरगञ्जमा यो महोत्सवले त्यो माहोल बनाउने अपेक्षा गरिएको छ । नायक भट्टले पनि महोत्सवले विरगञ्जमा चलचित्रको माहोला बनाउन सहयोग गर्ने अपेक्षा गरे ।

नायक विराज भट्ट नायिका निकिता चण्डकसँग कार्यक्रम स्थलमा पुग्दा उनलाई पछ्याउनेको भीड ज्यादा थियो । निकिता र विराजले अभिनय गरेको चलचित्र ‘साङ्लो’ फागुणको ९ गतेबाट रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment