Comments Add Comment

दुई वर्षाको बढ्दो मित्रता

चलचित्र ‘वीर विक्रम २’ र ‘जात्रै जात्रा’ एकसाथ रिलिज भएपछि नेपाली चलचित्रका दुई नायिका वर्षा राउत र वर्षा सिवाकोटीले एक अर्काको प्रशंसा गरेका थिए । यसपछि, उनीहरुको मित्रता अघि बढेको महशुश गरिएको थियो ।

यी दुइको नायिकाको बढ्दो मित्रता भने विरगञ्जमा देखिएको छ । विरगञ्जमा आजबाट सुरु भएको ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन दुई वर्षा विरगञ्ज आइपुगेका हुन् ।

उनीहरु, उद्घाटन सत्र सुरु हुनुभन्दा अगाडि नै एकसाथ बसेका थिए । दुबैले एक अर्काको साथ छाडेका छैनन् ।

विशेषगरि, कार्यक्रम सकिएपछि पनि यी दुई एकसाथ नै विरगञ्जमा घुमेको पाइयो । नायिकाद्धयको यो मित्रता एकाएक कसरी बाक्लो भयो भन्ने चर्चा चल्नु स्वभाविक हो ।

तर, दुई वर्षाको मित्रताले भने सबैको ध्यान केन्द्रित गरेको छ ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment