Comments Add Comment

दोस्रो दिनको समाप्तिसम्म नेपाल ३०२ रनले पछि

२१ कात्तिक, काठमाडौं । मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले तीन दिवसीय क्रिकेट खेलमा नेपालविरुद्ध दोस्रो दिनको समाप्तिसम्म ३०२ रनको अग्रता बनाएको छ ।

टियु क्रिकेट मैदानमा दोस्रो दिन आफ्नो दोस्रो पारी थालेको एमसीसीले नेपालविरुद्ध २१ ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ९२ रन बनाएको छ । एसीसीले तेस्रो दिन यहि स्थितिबाट ब्याटिङ थालेर नेपाललाई ठूलो लक्ष्य दिने देखिएको छ ।

यसअघिआफ्नो पहिलो पारीमा खराब प्रदर्शन गर्दै नेपालले १५३ रनमा सबै विकेट गुमाएको थियो । नेपालले ४४.४ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन मात्रै बनाएको थियो । नेपालका लागि अग्रपंत्तिका कुनै पनि ब्याट्सम्यानले राम्रो रन बनाउन सकेनन् ।

सन्दीप लामिछानेले सर्वाधिक ३९ रन बनाए । त्यस्तै, नेपालका लागि विनोद भण्डारीले ३५ र सोमपाल कामीले २६ रन बनाए ।

१८ रन हुदा नै महत्वपूर्ण तीन विकेट गुमाएको नेपालले सुरुमै दबाबमा खेलेको थियो । नेपालका कप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट हुदा शरद भेषवाकर चार र राजु रिजाल आठ रनमा आउट भएपछि नेपालको पारी धरापमा परेको थियो ।

यसअघि एमसीसीले आफ्नो पहिलो पारीमा सबै विकेटको क्षतिमा ३६४ रन बनाएको थियो ।  पहिलो दिन एसीसीले ३११ रन बनाउँदा ६ विकेट गुमाएको थियो । दोस्रो दिन एसीसीले थप ५३ रन बनाउँदा चार विकेट गुमाएको हो ।

एमसीसीका लागि विल रोडसले ७३,  यसिर अरापत ६४, विल भान्डर्सपरले ५३, माइल्स हाम्मोनले ५२ र टोम वेष्टलीले ३९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछाने र करण केसीले समान ३-३ विकेट लिए । सोमपाल कामी र शरद भेषवाकरले पनि समान २-२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment