Comments Add Comment

नेकपा अझै लोकप्रिय छ भन्ने सन्देश दिनुछ : प्रचण्ड

२१ कात्तिक, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अझै लोकप्रिय भएको सन्देश कास्कीबाट दिनुपर्ने बताएका छन् ।

कास्कीबाट देशभर सन्देश दिनुपर्ने भन्दै उनले निर्वाचन सम्पन्न भएर परिणाम ननिक्लिदासम्म एक ढिक्क भएर रातदिन खट्न पनि नेता कार्यकर्तालाई निर्देशन दिए । उनले अघि भने, ‘यहाँबाट नेपाल कम्युनिस्ट पार्टी अझै लोकप्रिय छ भन्ने शक्तिशाली सन्देश दिने छ र यो सन्देशले समृद्धिको यात्रा गर्ने छ ।’

पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले पार्टी उम्मेदवार विद्या भट्टराईलाई जितको शुभकामना पनि दिए ।

उनले उपनिर्वाचनलाई स्वच्छ र भयरहित बनाउन पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे । उपचुनाव हुने सबै क्षेत्रमा सबै पार्टीले उत्साहपूर्वक मनोनयन दर्ता गरेको रिपोर्ट आएको भन्दै उनले उपनिर्वाचन निश्पक्ष हुने विश्वास व्यक्त गरे ।

बागलुङ २ नेकपाका नेताले बागी उम्मेदवारी दिएको विषयमा प्रचण्डले आफूले त्यस्तै सुनेको बताए । त्यहाँ आफ्नो पार्टीले जनमोर्चालाई समर्थन गरेको भन्दै उनले नेकपाका नेताले बागी उम्मेदवारी दिएको भोलि पर्सिसम्म फिर्ता हुने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment