Comments Add Comment

बुटवलमा लाग्यो ‘गो ब्याक इण्डिया’ नारा

नेविसंघको राँके जुलुस, गोर्खालीका युवा सडकमा उत्रिए

२१ कात्तिक, बुटवल ।  लिपुलेक, कालापानी लगायत नेपाली भूभागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा बुटवलमा ‘गो व्याक इण्डिया’ को नारा घन्किएकोे छ ।

बुटवलमा क्रियाशिल गोर्खाली युवा सशक्तिकरण संस्थाको नेतृत्वमा बुटवलमा बिहीबार विरोध प्रर्दशन भएको हो ।

नेपालको एक चिम्टी माटो कसैले छुन नपाउने भन्दै सरकारले कुटनीतिक रुपमा समस्या समाधानको पहल गर्नुपर्ने अन्यथा आन्दोलन चर्काउने गोर्खालीका अध्यक्ष भरत पुरीले चेतावनी दिए ।

बुटवल बजारमा निकालिएको र्‍यालीपछि पुष्पलाल पार्कमा  कोणसभा भएको थियो । सभामा बोल्दै सहभागीहरुले भारतलाई यथाशिघ्र आफ्नो गल्ति सुधार्न चेतावनी दिएका थिए ।

उनीहरुले भारतीय विस्तारवाद, हेपाह प्रवृत्ति तथा अतिक्रमणकारी रवैया प्रति विरोध जनाउँदै तत्काल नक्सा सच्याउन सचेत गराएका थिए ।

उनीहरुले गो व्याक इण्डिया, भारतीय सेना नेपाल छोड, खराब छिमेकी चाहिंदैन–नेपाली भूमि मिच्न पाईंदैन, हाम्रो भूमि हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका थिए ।

यस्तै नेपाल विद्यार्थी संघले पनि बुटवलमा राँके जुलुस निकालेर बिरोध प्रदर्शन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment