Comments Add Comment

लिस्नुलाई पराजित गर्दै फर्साटिकर दोस्रो चरणमा

२१ कात्तिक, बुटवल । स्व. ज्ञान बहादुर गुरुङ स्मृति चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता २०७६ अन्तर्गत बिहीबारको खेलमा फर्साटिकर युवा क्लब विजयी भएको छ । लिस्नु युवा क्लब कोटिहवालाई ३–२ गोल अन्तरले पराजित गर्दै फर्साटिकर दोस्रो चरणमा प्रवेश गरेको हो ।

रामनगर खेलमैदानमा भएको प्रतिस्प्रर्धात्मक खेलको तेस्रो मिनेटमा फर्साटिकरका विवेक पुनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रतालाई खेलको २५ औं मिनेटमा लिस्नुका गोबिन्द थापाले गोल गर्दै बराबरीमा ल्याए । पहिलो हाफ बराबरी खेलेको फर्साटिकरले दोस्रो हाफमा थप दुई गोल गरेको थियो । खेलको ५७ औं मिनेटमा फर्साटिकरका ध्रुव राई र ७० औं मिनेटमा टिकाराज गुरुङले गोल गरेका थिए ।

लिस्नुका क्याप्टेन निकेश गुरुङले एक गोल गरेका थिए । खेलमा लिस्नुका जितेश गुरुङ म्यान अफ दी म्यानबाट पुरस्कृत भएका थिए । शुक्रबार सिम्रिक युवा क्लब कालिकानगर र सिद्धार्थ युवा क्लब बासगढीका बीच खेल हुने सचिव सन्तोष गुरुङले बताए । कार्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रतियोगितामा १२ टिमले भाग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment