Comments Add Comment

बुटवलमा रामकृष्ण ढकाल साँझ हुँदै

२१ कात्तिक, बुटवल । बुटवलमा चर्चित गायक रामकृष्ण ढकालको एकल साँझ हुने भएको छ ।

जाज ईभेन्ट्स एण्ड ट्राभल्सको आयोजनामा यही कात्तिक २३ गते शनिबार रामकृष्ण एकल साँझ हुने भएको हो । एकल साँझको सबै तयारी पूरा भएको आयोजक संस्था जाज ईभेन्ट्स एण्ड ट्राभल्सले बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

ईभेन्ट्सका अध्यक्ष उमेश अधिकारीका अनुसार शनिबार साँझ ५ः ३० बजे देखि साँझ १० बजेटसम्म बुटवल गोलपार्कमा रहेको एभिन्यु होटलमा उक्त कार्यक्रम आयोजना हुने बताए ।
कार्यक्रममा सहभागिताको लागि १ हजार रुपैयाँको टिकट राखिएको छ ।

कार्यक्रमबाट आम्दानी भएको रकमबाट केही निश्चित प्रतिशत अनाथ आश्रमममा सहयोग गरिने छ ।

ईभेन्ट म्यानेजमेन्ट संयोजक मनोरथ अर्यालका अनुसार कार्यक्रममा ३ सय ५० देखि ४ सय जनाको सहभागिता हुने अपेक्षा गरिएको छ । कार्यक्रमको लागत खर्च करिब ७ लाख रुपैयाँ  अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment