Comments Add Comment

न्युजिल्यान्डमाथि इंग्ल्यान्डको फराकिलो जित

Photo Credit : आईसीसी

२२ कात्तिक, काठमाडौं । चौथो टी-२० क्रिकेट खेलमा न्युजिल्यान्डलाई पाहुना टोली इंग्ल्यान्डले ७६ रनले पराजित गरेको छ ।

म्याकलिन पार्कमा आज (शुक्रबार) भएको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई फराकिलो अन्तरले पराजित गरेको हो । २४२ रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १६.५ ओभरमा सबै विकेटको क्षतिमा १६५ रन मात्रै बनाउन सक्यो ।

न्युजिल्यान्डका लागि कप्तान टिम साउथीले ३९ रन बनाउँदा कोलिन मुनरोले ३० र मार्टिन गुप्टिलले २७ रन बनाए । बलिङतर्फ इंग्ल्यान्डमा मट पार्किनसनले चार विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा ३४१ रन बनाएपछि न्युजिल्यान्डले विशाल लक्ष्य पाएको थियो । योसँगै इंग्ल्यान्डले कीर्तिमान कायम पनि गरेको छ । इंग्ल्यान्डले टी-२० क्रिकेट खेलमा बनाएको यो सर्वाधिक ठूलो लक्ष्य हो ।

सन् २०१६ मा दक्षिण अफ्रिकाविरुद्ध इंग्ल्यान्डले २३० रन बनाएको थियो । यसअघि इंग्ल्यान्डको यो नै सर्वाधिक उच्च स्कोर थियो ।

न्युजिल्यान्डविरुद्ध आज ठूलो स्कोर बनाउने क्रममा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका डेविड मलानले अविजित शतक बनाए । उनले ५१ बलमा सात चौका र सात छक्का प्रहार गरे । त्यस्तै, कप्तान इयोन मोर्गनले ९१ रन बनाए ।

जितपछि पाँच खेलको टी-२० क्रिकेट सिरिज २-२ को बराबरीमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment