Comments Add Comment

उत्तर कोरियाका नेताले के भने माधव नेपाललाई ?

२२ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघको दबावमा नेपालले उत्तर कोरियाली लगानी फिर्ता लैजान दोस्रो अल्टिमेटम दिएका बेला उत्तर कोरियाली नेता काठमाडौं आइपुगेका छन् । उत्तर कोरियाको संसदका उपप्रमुख समेत रहेका प्योङयाङ महानगरका प्रमुख चो हुई रिमको नेतृत्वमा एउटा टोली अहिले काठमाडौंमा छ ।

काठमाडौं महानगरपालिकाको निम्तोमा आएको सो टोलीले शुक्रबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका विदेश बिभाग प्रमुख तथा पूर्व प्रधानमन्त्री माधवकृुमार नेपालसँग भेट गरेको छ । नेपाल निवास कोटेश्वरमा भएको भेटमा उत्तर कोरियाली लगानी फिर्ताका सन्दर्भमा भने कुनै कुरा नभएको बताइएको छ ।

उत्तर कोरियाका संस्थापक नेता किम इल सुङकै पालादेखि नेकपा नेता नेपालसँग सम्बन्ध रहेकाले शिष्टाचार भेट भएको भेटमा सहभागी नेकपा विदेश विभाग उपप्रमुख बिष्णु रिजालले बताए ।

भेटमा उत्तर कोरियाली नेताहरुले दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीबीच र दुवै मुलुकबीच राम्रो सम्बन्ध विकास हुनुपर्ने बताएका थिए । सात सदस्यीय उत्तर कोरियाली टोलीले अरु सरकारी अधिकारीहरुसँग भेट गरे नगरेको बताइएको छैन ।

उत्तर कोरियाका संस्थापक किम इल सुङसँग तत्कालिन एमालेका नेता नेपालले भेटेका कारण उत्तर कोरियाका नेताहरुको नेपालसँग राम्रो सम्बन्ध छ ।

दुई वर्षअघि नेपालले उत्तर कोरियाको भ्रमण समेत गरेका थिए । कोरिया प्रायद्धिपमा शान्ति स्थापना हुनुपर्ने पक्षमा नेपालले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment