Comments Add Comment

कास्कीमा कांग्रेसले बनायो ३५ सय जनाको चुनावी मोर्चा

२२ कात्तिक, पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ मा नेपाली कांग्रेसले ३ हजार ५ सय ५१ सदस्यीय चुनावी प्रचार मोर्चा तयार पारेको छ ।

जिल्ला सभापति कृष्ण केसी संयोजक, क्षेत्र नं. २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला ‘मधु’ र पोखरा महानगर सभापति वजिरमान श्रेष्ठ सहसंयोजक रहेको मूल समिति गठन गरेको हो ।

कांग्रेसले पनि वडा तहसम्मैको चुनावी दस्ता तयार पारेको छ । कास्की क्षेत्र नं. २ को नेता, कार्यकर्ता भेलाले पोखरा ४ मा नेता तथा पूर्व मन्त्री यज्ञबहादुर थापालाई संयोजक तोकेको छ ।

यस्तै वडा नं. ७ मा शुक्रराज शर्मा, वडा नं. ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण बिजुक्छे, ११ मा शारदा पौडेल, १५ मा बिन्दादेवी आलेराना, १६ मा कुमार खड्कालाई संयोजक बनाएको छ । यसैगरी पोखरा १७ मा कृष्णबहादुर केसी, २० मा बिन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकेको छ ।

भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकारमा सक्रिय राजनीति छाडेका तर समाजमा प्रभाव जमाउन सक्ने पुराना कांग्रेसी नेतालाई पनि चयन गर्दै चुनाव जित्ने रणनीति बनाएको छ ।

कांग्रेसले विभिन्न उपसमिति तयार पार्दै भनेको छ, ‘यसपाली कांग्रेसले जितेर देखाउँछ ।’

कास्की कांग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकहरुले आआफ्नो क्षेत्रमा पुगेर यथासक्य काम थाल्न निर्देशन दिए । कास्की कांग्रेसमा यसपटकबाट गुट, उपगुट र घातप्रतिघात अन्त्य भएको घोषणा गर्दै खेमराजको पक्षमा गोलबद्ध भएको केसीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment