Comments Add Comment

जहाँ जिवित मान्छेहरुको समेत अन्तिम संस्कार हुन्छ

मानिसहरु बाँच्नका लागि कति संघर्ष गर्न चाहन्छन् । अपवाद बाहेक कोहीपनि मानिस मर्न चाहँदैन । धेरै बाँच्ने र स्वस्थ भएर बाँच्ने उपाय खोज्दै मानिसले धेरै धन तथा समय खर्च गरिरहेको हुन्छ । तर यो दुनियाँमा यस्तो ठाउँपनि छ, जहाँ मानिसहरु मृत्युको स्वाद चाख्न मरिहत्ते गर्छन्।

हो, दक्षिण कोरियामा मृत्युको स्वाद चाख्नका लागि मानिसहरुले आफु जिवित छँदै आफ्नो अन्त्येष्टि गरिरहेका छन् ।

जिवनलाई राम्रो ढंगबाट बुझ्ने तथा जिवन सुधार्नका लागि मानिसहरुले अपनाइरहेको त्यो तरिकालाई लिभिङ्ग फ्युनरल अर्थात् जिवित अन्त्येष्टि भनिन्छ।

लिभिङ्ग फ्युनरलका क्रममा दश मिनेटसम्म लास राख्ने बाकसमा कफन ओढेर सुत्नुपर्दछ । साथै त्यस क्रममा अन्त्येष्टिमा गरिने सबै वास्तविक विधि विधानहरु समेत पूरा गरिन्छ ।

दक्षिण कोरियामा गत वर्ष २५ हजार मानिसले यसरी जिवितै छँदै आफ्नो अन्त्येष्टि गरेका थिए।

ह्योभोन कम्पनीले सन् २०१२ मा जिवित अन्त्येष्टिको सुरुवात गरेको थियो । कम्पनीका अनुसार आफ्नो ज्यूँदै अन्त्येष्टिका लागि मानिसहरु स्वेच्छाले आउँदछन् ।

जिवित छँदै मृत्युको अनुभव गर्दा मानिसलाई आफ्नो जिवन असल बनाउनु पर्दछ भन्ने कुराको ज्ञान प्राप्त हुने दाबी कम्पनीको छ । मानिसहरु आफ्नै जिवित अन्त्येष्टिमा सहभागी भएपछि जिवनप्रति बढि सजग र सचेत हुने र नयाँ दृष्टिकोणको विकास गर्ने सहभागीहरुको अनुभव छ ।

विज्ञका अनुसार मानिसले कम उमरमै मृत्युको बारेमा जान्नु र भवितव्यका लागि तयार हुनु महत्वपूणृ हुन्छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment