Comments Add Comment

वर्षेनी छोरीको कुमारित्व परीक्षण गराउँछन् यी गायक

आमरुपमा कुनैपनि बुवा आफ्ना छोराछोरीसँग यौनका विषयमा कुराकानी गर्न हिच्किचाउँछन् ।

तर एकजना अमेरिकी गायक चाहीँ हरेक वर्ष आफ्नी छोरीकेा भर्जिनिटी परीक्षण गराउँछन् ।

लेडिज लाइक अस नामक पोडकास्टलाई दिएको एक अन्तर्वार्ताका क्रममा उनले यस्तो हैरान लाग्ने तथ्यको खुलासा गरेका हुन् ।

छोरीको कुमारित्व परीक्षण मात्र होइन उनले आफ्ना छोराको बारेमा पनि एउटा यस्तै अनौठो तथ्यको खुलासा गरेका छन् ।

अमेरिकी र्यापर तथा अभिनेता ३९ वर्षीय य टिआईलाई अन्तर्वार्ताका क्रममा सोधियो ः के तपाइँ आफ्नी छोरीहरुसँग कहिल्यै यौनका विषयमा कुरा गर्नुहुन्छ ?

जवाफमा उनले सोँच्नै नसकिने कुरा गरे । आफुले छोरीसँग केवल यौनको कुरामात्र गर्ने नभई हरेक वर्ष छोरीको कुमारित्व परीक्षण समेत गराउनका लागि स्त्री रोग विशेषज्ञकोमा लैजाने गरेको खुलासा उनले गरे ।

टिआईकी ठूली छोरी डिजेह ह्यारिस १८ वर्षकी छिन् र कलेजमा पढ्दैछिन् । छोरीको १६ औँ वर्ष प्रवेशको दिन उनले छोरी सुत्ने कोठाको ढोकामा एउटा नोट टाँसिदिए । त्यसमा लेखिएको थियो ः साढे ९ बजे स्त्री रोग विशेषज्ञकेमा जानुछ ।

उनले छोरीलाई लिएर गाइनोकोलोजिस्टकोमा लगे । डाक्टरले टिआई र उनकी छोरीलाई सँगै राखेर कुमारित्वको बारेमा बताए । डाक्टरका अनुसार यौन सम्पर्कका अलावा अन्य विभिन्न कारणले पनि योनीको जाली च्यातिन सक्दछ ।

साइकल चलाउने, घोडा चढ्ने, कडा व्यायाम गर्ने जस्ता कुनैपनि काम छोरीले नगर्ने हुनाले छोरीको कुमारित्व परीक्षण गरिदिन उनले डाक्टरलाई आग्रह गरे । त्यसपछि डाक्टरले परीक्षण गर्दा उनको योनीको झिल्ली नच्यातिएको पाइयो ।

त्यसयता हरेक वर्ष जन्मदिनको दिन उनले छोरीको त्यसैगरी कुमारित्व परीक्षण गर्दै आएका छन् ।

अहिले यो कुरा निकै असहज लाग्ने भएतापनि छोरीले पछि भविष्यमा आफ्नो जिवनलाई फर्केर हेर्दा आफुलाई धन्यवाद दिनेछिन् भन्ने ती गायकलाई लागेको छ । किनकी आफ्नो बारेमा बुवाले कति धेरै ध्यान दिनुहुन्थ्यो भन्ने कुराको अनुभुति छोरीलाई हुनेछ ।

तर अन्तर्वाताका क्रममा टिआईमाथि कार्यक्रम सञ्चालकले निकै आलोचना गरे । छोरीमाथि अन्याय गरेको र कैदी जस्तो बनाएको आरोप लगाए । साथै अन्य पिताहरुका लागि गलत उदाहरण पेश गरेको समेत भने ।

तर टिआई त्यस्तो आरोपलाई स्विकार गर्नेवाला छैनन् । उनले छोरीको भर्जिनिटी परीक्षण मात्र होइन छोराका बारेमा एउटा खुलासा गरे, यौन सम्बन्धी ।

आफ्नो छोरा अहिले १५ वर्षको रहेको र यौनकार्यको अनुभव हासिल गरिसकेको उनले बताए । छोरीको वर्षेनी भर्जिनिटी परीक्षण गराउने ती गायक छोराको कम उमेरमै यौनक्रिडाका बारेमा भने खुसी छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment