Comments Add Comment

एक भारतीयको कविता : लिपुलेक

कालापानी या लिपुलेक
साम्राज्यवादको हो अभिलेख

दिल्लीको विस्तारवादी सत्ता भन्छ-
सम्प्रभुता नेपालको मेरो गोजीभित्र छ हेर
सुघौली सन्धी अतीतको थोरै सोचेर हेर
मैले त अपनाएको छु बृटिस शासनको विरासत
सन् १९५० को सन्धीदेखि
राजतन्त्र अवसानपछिको भविश्यलाई हेर
संविधानसभापछिको उपज
संघीय गण्तन्त्र नेपालको यथार्थ हेर ।

कालापानी या लिपुलेक
दक्षिण एशियाको नक्शामा एक
के नेपाल हो भारतको केक ?

सत्ताधारी कम्युनिष्ट
नेपाली सोसलिष्ट कांग्रेस
भारतलाई दिन्छन् विवेक
कब्जा गर भूभाग, नेपाली वन अविवेक
यही तीतो सत्य बताउँछन्
कवि स्वयं भू लगाएर आफ्नो स्वविवेक

(डा. पवन पटेल उत्तर प्रदेश निवासी भारतीय लेखक हुन् । उनले नेपालको माओवादी आन्दोलनमा आधारित पुस्तक ‘द मेकिङ अफ क्यास माओइजम इन नेपाल : अ थाबांगी प्रस्पेक्टिभ’ नामक पुस्तक लेखेका छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment