Comments Add Comment

बारामा भएको सवारी दुर्घटनामा एकको मृत्यु

२४ कात्तिक, वीरगञ्ज । बारामा आइतबार दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर जिल्लाको प्रगतीनगरका ५८ बर्षीय उदयराज सापकोटा रहेका छन् । सापकोटाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी श्रीमती ४० बर्षीया दुर्गा सापकोटा घाइते भएकी छन् ।

दुर्गाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता रञ्जित सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार वीरगञ्जबाट हेटौंडा जाँदै गरेको ना ७ ख २०२ नम्बरको बस र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना ५५ प ६४४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । मोटरसाइकलमा सापकोटा सवार थिए ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत जीतपुर सिमरा उपमहानगरपालिका वडा नं १ स्थित आदाभारको जंगल क्षेत्रमा दिउँसो २ बजेतिर दुर्घटना भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment