Comments Add Comment

सुनौलो संगम अन्तिम चारमा

२४ कात्तिक, बुटवल । बुटवलको रामनगरमा जारी चौथो सयपत्री गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तरगत आइतबारको खेलमा सुनौलो संगम युवा क्लब देवीनगर विजयी भएको छ ।

सुनौलो संगमले चितवन–११ माथि ३–० गोल अन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । रामनगर खेलमैदानमा भएको रोमान्चक खेलको ३७ औं मिनेटमा सुनौलोका रंजित थापाले गोल गर्दै अग्रता लिएको थियो ।

यसैगरी सुनौलोका कान्छा गुरुङले खेलको ४४ औं तथा मोहन थापाले खेलको ६५ औं मिनेटमा गोल गरेका थिए । खेलमा सुनौलोका कान्छा गुरुङ म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

सोमबार तेस्रो क्वाटरफाईनल खेलमा फर्साटिकर युवा क्लब फर्साटिकर र अभिषेक चर्च ब्याइज क्लब रजहर बीच प्रतिष्पर्धा हुने आयोजकका सन्तोष गुरुङले बताए ।

कात्तिक ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमले भाग लिएका छन् । स्व. ज्ञान बहादुर गुरुङको स्मृतिमा खेल आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment