Comments Add Comment

पाउल डिबलाको गोलमा युभेन्टस शीर्ष स्थानमा

२५ कात्तिक, काठमाडौं । इटालियन सिरि ए फुटबलमा युभेन्टसले जित हात पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।

आइतबार राति भएको खेलमा युभेन्टसले एसी मिलानलाई १–० गोलअन्तरले पराजित गरेको हो । युभेन्टसका लागि पाउल डिबलाले गोल गरे ।

पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ५५ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको स्थानमा मैदानमा छिरेका डिबलाले खेलको ७७ औं मिनेटमा गोल गरे । उनकै एकमात्र गोलमा युभेन्टसले जित हात पारेको हो ।

जितसँगै लिगको शीर्ष स्थानमा उक्लिएको युभेन्टसको १२ खेलबाट ३२ अंक भएको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलानको १२ खेलबाट ३१ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment