Comments Add Comment

महिला हाकिमको अनौठो पुरस्कार, राम्रो काम गर्ने कर्मचारीको खुट्टा धोएर सम्मान

कर्मचारीहरुको उत्कृष्ट कार्यसम्पादनका कारण नाफा कमाउँदा कुनै कम्पनीले कर्मचारीलाई सम्मान तथा बोनस बाँडेको त देखे सुनेकै हो । तर उत्कृष्ट काम गर्ने कर्मचारीहरुको खुट्टा नै धोइदिएर हाकिमले सम्मान गरेको चाहिँ थाहा थिएन । हालै चीनमा एउटा कम्पनीकी महिला हाकिमले उत्कृष्ट काम गर्ने आफ्ना ८ जना कर्मचारीहरुको खुट्टा धोइदिएर सम्मान गरेकी छिन् ।

गत नोभेम्बर २ मा उक्त कम्पनीले उत्कृष्ट काम गर्ने कर्मचारीको सम्मानमा आयोजना गरेको समारोहमा कर्मचारीहरुको खुट्टा धुनुका साथै कम्पनीका प्रमुख तथा एकजना महिला हाकिमले सम्पूर्ण कर्मचारीसँग हात मिलाएर अभिवादन पनि गरे ।

कम्पनीले दिएको टार्गेटभन्दा धेरै व्यापार गर्न सफल ती कर्मचारीहरुलाई हाकिम तथा कम्पनी मालिकले नै खुट्टा धोइदिएर सम्मान गरेका हुन् । कर्मचारीको कडा मेहेनतका कारण कम्पनीले उल्लेख्य मुनाफा कमाउन सफल भएको थियो ।

कर्मचारीहरुलाई अवार्ड त सबैले दिन्छन् । तर खुट्टा धोएर सम्मान गर्ने त्यो शैली सायद दुनियाकै पहिलो हो । त्यसले आफ्ना कर्मचारीलाई थप हौसला प्राप्त हुने विश्वास कम्पनीको छ ।

खुट्टा धोएर कर्मचारीलाई सम्मान गर्ने कम्पनीको शैलीप्रति सोसल मिडियामा अनेक खालका प्रतिक्रिया आएका छन् । कतिपयले त्यो कदमको सह्राना गरेका छन् भने कतिपयले त्यस्तो नाटक गर्नुको साटो बरु कर्मचारीलाई बोनस बाँडेको भए हुन्थ्यो भन्ने विचार राखेका छन् ।

एजेन्सीको सहोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment