Comments Add Comment

शुद्ध सुनबाट बनेको बुलेट प्रुफ ट्वाइलेट, मूल्य १३ करोड रुपैयाँ

केही मानिसमा अरुले भन्दा नितान्त नयाँ काम गर्ने लहड चल्छ र मनले आँटेको पूरा पनि गरी छाड्दछन् ।

छिमेकी मुलुक चीनमा एउटा यस्तै घटना भएको छ । चीनमा आयोजित चाइना इन्टरनेशनल इम्पोर्ट एक्स्पो नामक व्यापार मेलाका क्रममा एउटा यस्तो ट्वाइलेट प्रदर्शनीमा राखिएको छ, जुन पूर्ण रुपमा सुनबाट बनेको छ । यो ट्वाइलेटको सिटमा ३३४.६८ क्यारेटका ४० हजार ८१५ गोटा हिरा जडित छन् ।

हङकङको अरोन शुम ज्वेलरी फर्मका लागि कोरोनेटले उक्त ट्वाइलेट डिजाइन गरेको हो । उक्त ट्वाइलेटको मूल्य झण्डै साढे १३ करोड रुपैयाँ रहेको छ । यो ट्वाइलेटको एक खास विशेषता भनेको यो बुलेट प्रुफ रहेको छ ।

अरोम शुम ज्वेलरीका अनुसार यसमा सर्वाधिक हिरा जडित छन् र यसलाई गिनिज बुकमा नाम लेखाउने तयारी छ । यदि यो ट्वाइलेटले गिनिज बुकमा नाम लेखाएमा अरोम शुम ज्वेलरीको नाउँका विश्व किर्तिमानको संख्या १० पुग्नेछ ।

यसअिघ अरोन शुमले ४ सय क्यारेट हिरा जडित एक गितार तथा १० हजार गुलाबी हिरा जडित जुत्ता बनाइसकेको छ । त्यस गितारको मूल्य साढे २२ करोड रुपैयाँ छ भने जुत्ताको मूल्य ४८ करोड रुपैयाँ छ ।

स्मरण रहोस् सन् २००१ मा हंगकंगका एकजना व्यापारीले आफ्नो ट्वाइलेट बनाउनका लागि ४ अर्ब रुपैयाँ भन्दा धेरै खर्च गरेको समाचार आएको थियो । त्यसमा शुद्ध सुनबाट बनेको एउटा ट्वाइलेट कमोड थियो । साथै ट्वाइलेट कोठाको टायलहरुमा समेत सुनको लेपन गरिएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment