Comments Add Comment

नेपालको कृषि क्षेत्रमा लगानी गर्न जापान इच्छुक

२६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मातृका प्रसाद यादव र जापानी प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेजका डा. मासारु इवानागाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

मन्त्री यादवको कार्यकक्षमा भएको सो भेटमा नेपालका लागि जापानी राजदूत मासामिची सैगोको पनि सहभागीता थियो ।

भेटका अवसरमा मन्त्री यादवले निरन्तरको जापानी सहयोगको लागि धन्यवाद व्यक्त गर्दै यस्ता खाले भ्रमण, छलफल र सहकार्यले सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताएका थिए । जापानले गरेको सहयोगको उच्च मूल्यांकन गर्दै कृषिको मूल्य अभिवृद्धि हुने क्षेत्रमा लगानी गर्न उनले आग्रह पनि गरे । साथै मन्त्री यादवले नेपालमा राजनीतिक स्थिरता, कानूनी एवं संरचनागत सुधारले विदेशी लगानीको वातावरण निर्माण भएको जानकारी गराउँदै जापानको सरकारी र निजी दुबै स्तरबाट नेपालमा लगानी गर्न आग्रह गरेका थिए ।

भेटमा जापानका प्रेसिडन्ट अफ जापान इन्टरनेशनल रिसर्च सेन्टर फर एग्रिकल्चरल साइन्सेज डा. मासारु इवानागाले जापानी लगानीकर्ता नेपालमा लगानी गर्न आउन इच्छुक र उत्सुक रहेको बताए । राजनीतिक स्थिरता हासिल गरी कानून र पूर्वाधार निर्माणमा नेपालले गरेको प्रगतिले यहाँ लगानी गर्न उत्प्रेरित गरेको उनको भनाइ थियो ।

कृषि उत्पादनमा नेपालको भौगोलिक विविधता महत्वपूर्ण रहेको बताउँदै उनले कृषिको विकास र लगानीका लागि नेपाल कृषि अनुसान्धान परिषद (नार्क)सँग समन्वय गर्ने कार्य भइरहेको जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment