Comments Add Comment

डेढ सयमा किनेको फूलदानी जब ७ करोडमा बिक्यो

कहिलेकाहीँ मूल्यहीन ठानिएका चिजहरू पनि बहुमूल्य ठहरिन्छन् । साधारण मानेर किनेका चिजहरू यति धेरै मूल्य पर्दछ कि कल्पना पनि गर्न सकिँदैन । बेलायतमा हालै एउटा यस्तै घटना भएको छ ।

एक रियालिटी पसलबाट झण्डै डेढ सय रुपैयाँबराबरको मूल्यमा खरिद गरेको एउटा चिनियाँ फूलदानीको करोडौं मूल्य परेको छ ।

पुरानो फूलदानी खरिद गरेको केही दिनपछि नै ती व्यक्तिले अनलाइन कम्पनी इबेमा उक्त फूलदानी बेच्नका लागि राखे । जब उनले फूलदानी इबेमा राखे तब केही मानिसहरु लाखौं रुपैयाँबराबरको मूल्यमा त्यसलाई खरिद गर्न तयार भए ।

आफ्नो पुरानो फूलदानीलाई अविश्वसनीय भाउ दिनका लागि मानिसहरू तयार भएपछि उनले त्यो फूलदानीको लिलामी गर्ने विचार गरे । त्यसपछि उनले बेलायतको एसेक्सस्थित स्वोर्डस् फाइन आर्टस्को लिलामगृहमा लगे ।

सोही लिलाम गृहमा उक्त फूलदानी ३ सय वर्ष पूरानो विशेष फूलदानी भएको पत्ता लाग्यो । एकजना चिनियाँ व्यक्तिले झण्डै ७ करोड रुपैयाँ बराबरको मूल्यमा त्यो फूलदानी खरिद गरे । सुरक्षालाई मध्यनजर गर्दै त्यो फूलदानी बेच्ने तथा किन्ने मानिसको परिचय खुलाइएको छैन ।
मिडिया रिपोर्टहरूका अनुसार, उक्त फूलदानी १८ औं शताब्दीमा एक चिनियाँ सम्राट कियानलोंगका लागि बनाइएको थियो । कियानलोंग सन् १७३५ देखि १७९६ सम्म चीनको राजा थिए । त्यस समय फूलदानीमा राजवंशको अनुहारको आकृतिसमेत बनाउने चलन थियो ।

फूलदानी बेचेर कमाएर अनपेक्षित रूपमा कमाएको रकम ती मान्छेले के गर्लान् ? समाचार अनुसार, त्यो पैसालाई उनी आफ्नी छोरीको पढाइमा खर्च गर्नेछन् । बाँकी रकमले आफ्ना आवश्यकताका अन्य वस्तुहरु किन्ने उनको सोचाइ छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment