Comments Add Comment

२५ दिनदेखि बेपत्ता व्यक्ति मृत भेटिए

२६ कात्तिक, गुल्मी । २५ दिनदेखि बेपत्ता रहेका एक व्यक्ति गुल्मीको सामुदायिक वनमा मंगलबार बिहान मृत भेटिएका छन् ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ फोक्सीनी सामुदायिक वनमा ४५ वर्षीय काशीराम पाण्डे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणी पुनले बताए ।

शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पतालमा ल्याइएको र घटनाबारे थप अनुसधान भइरहेको प्रहरी निरीक्षक पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment